All the online classes are running smoothly. Contact your class teachers for more details.

082-521227

gsstulsipur@gmail.com

Tulsipur-06

Dang-Nepal

07:30 - 19:00

Sunday to Friday

123 456 789

info@example.com

Goldsmith Hall

New York, NY 90210

07:30 - 19:00

Monday to Friday

The child has one intuitive aim: self development

वैकल्पिक सिकाइमा अभिभावकको भुमिका

GM Vijay 

लकडाउनको कारणले विद्यालयहरु बन्द भएको पाँच महिना भइसकेको छ । यस्तै अवस्थामा तत्काल विद्यालय सञ्चालन हुने छाँटकाँट अझै देखिएको छैन । कोभिड १९ को कारणले बन्द विद्यालयहरुमा शैक्षिक गतिविधिहरु सुचारु गर्न सरकारले भदौ एक गतेदेखि वैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजीकरण शूरु गरेको छ ।


विद्यालयहरु बन्द रहेको अवस्थामा भौतिक रुपमा शिक्षक र विद्यार्थीहरु विद्यालयमा उपस्थित भएर नियमित पठनपाठन गर्न कठिन भएकोले रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाईन, अफलाईन, परियोजना पाठहरु, स्व अध्ययनको माध्यमबाट अध्ययन अध्यापन सुचारु गर्न निर्देशिका जारी गरेको छ ।

नीजि तथा सामुदायिक विद्यालयहरुले असार १ गतेदेखि नै वैकल्पिक प्रणालीबाट नियमित पठनपाठन गरिरहेका छन । वैकल्पिक प्रणालीबाट हुने सिकाईलाई प्रभावकारी ढंगले सञ्चालन गर्न शिक्षक र विद्यालयको एक्लो प्रयासबाट मात्र सम्भव छैन । अभिभावकहरुको पनि मुख्य भुमिका हुन्छ । सरकारले पनि अनलाईन शिक्षालाई मान्यता दिने कुरा भर्खरै सार्वजनिक गरेको छ ।
यो कठिन समयमा अभिभावकहरु पनि घरमा शिक्षकको भुमिका खेल्नुपर्दछ । बालबालिकाहरुको पहिलो पाठशाला नै घर हो भने पहिलो शिक्षक अभिभावक नै हो भन्ने भनाइलाई व्यवहारमा कार्यान्वयन गर्ने समय आएको छ ।

सिकाइ विद्यालयमा मात्र हुन्छ भन्ने छैन । घरमा बसेर पनि धेरै कुरा सिक्न सक्छन् । अभिभावकले घरमै सिकाइको वातावरण निर्माण गरेर बालबालिकालाई सिक्ने प्रेरित गर्न सकिन्छ । बालबालिकाहरुको शारीरिक, मानसिक, संवेगात्मक, भाषिक र सामाजिक विकासमा अभिभावकको महत्वपुर्ण भुमिका हुन्छ ।

भौतिक कक्षाहरु अभौतिक कक्षामा रुपान्तरित हुने क्रममा छन । यो कोभिड १९ ले सृजना गरेको अवसर हो ।


बालबालिकाहरुको बोलिबचन, व्यवहार, अनुशासन, आदर सम्मान, मानमर्यादा, स्वभाव, आत्मसम्मान, आचरण, आत्मविश्वास, संवेदनशीलता, सामाजिक सम्बन्ध विकासमा अभिभावको भुमिका हुन्छ । अभिभावक भन्नाले बुवाआमा, हजुरबुवाआमा, दाइ दिदी र स्याहारकर्ता बुझिन्छ । अभिभावकले बालबालिकाहरुको पालनपोषण, रेखदेख, संरक्षण, उत्प्रेरणा, सहयोग, कुराकानी, स्वास्थ्य, स्नेह, सरसफाईले बालबालिकाहरुको वृद्धि विकासमा सहयोग पुग्दछ ।


अभिभावकले शिक्षक र बालबालिकाहरु बीच पुलको काम गर्नुपर्दछ । वैकल्पिक सिकाइमा शिक्षकले विद्यालयमा जस्तो बालबालिकाहरुलाई प्रत्यक्ष निगरानी गर्न सम्भव छैन । तसर्थ अभिभावकले रेडियो, एफएम रेडियो, टेलिभिजन र अनलाईनबाट कक्षा सञ्चालन भइरहेको समयमा आफ्ना बालबालिकाहरुले नियमित कक्षा लिएको छ कि छैन निगरानी गर्नुपर्दछ । अभिभावकले उनीहरुलाई वैकल्पिक सिकाईको लागि उत्प्रेरित गर्नुपर्दछ । अहिलेको अवस्थामा जोसँग जे पहुँच छ त्यही अनुसार शैक्षिक गतिविधि सञ्चालन गर्ने हो ।

यो अवस्थामा अभिभावकले विगतमा आफ्ना बालबालिकाहरुलाई विद्यालय पठाएर ढुक्क भएको जस्तो अवस्था छैन । अहिले घरहरु विद्यालय भएका छन् भने अभिभावकहरु शिक्षकको भुमिकामा रुपान्तरण हुनुपर्ने भएको छ । प्रविधिको विकाससँगै भौतिक विद्यालयहरु अभौतिक विद्यालयमा रुपान्तरित भएका छन । भौतिक कक्षाहरु अभौतिक कक्षामा रुपान्तरित हुने क्रममा छन । यो कोभिड १९ ले सृजना गरेको अवसर हो ।

अहिले बालबालिकाहरु स्वतन्त्र रुपमा हिडडुल गर्न सकिरहेका छैनन् । घरमा नै थुनिएर बस्न बाध्य छन । बालबालिकाहरुको शारीरिकि, मानसिक, भाषिक र सामाजिक विकासमा बाधा पुगेको छ । खेल्न पाएका छैनन् । साथीहरुसँग प्रत्यक्ष कुराकानी गर्न पाइरहेका छैनन् । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको छ ।

यो अवस्थामा बालबालिकाहरुमा मानसिक तनाव, एकांकी हुने, झन्झट मान्ने, झगडालु स्वभाव हुने, कुलतमा फस्ने, साइवरको माध्यमबाट दुव्र्यवहारको शिकार हुने र आक्रमक स्वभावको हुने लक्षणहरु देखिनसक्छ ।


अनलाइन वा अफलाइनको माध्यमबाट कक्षाहरु सञ्चालन हुदा घण्टौसम्म विद्यार्थीहरु मोबाइल, ल्यापटप र कम्प्युटरको स्क्रीनमा बस्दा आँखामा समस्याहरु देखिनसक्छ । अनलाइन र अफलाइन कक्षा बाहेक धेरै समयसम्म मोबाइल, ल्यापटप र कम्प्युटरमा गेमहरु खेल्दा बालबालिकाहरुमा विभिन्न स्वास्थ्य समयस्या देखिन्छ । बालबालकिाहरुलाई लामो समयसम्म अनलाइन कक्षामा राख्नु ठिक होईन ।

अभिभावकले समय समयमा शिक्षकसँग नियमित सम्पर्क गरेर बालबालिकाले घरमा गर्ने गतिविधिको बारेमा जानकारी गर्नुपर्दछ ।

भारतीय मानव संसाधन विकास मन्त्रालयको निर्देशनमा प्ले ग्रुपका केटाकेटीहरुलाई दैनिक ३० मिनेट, कक्षा २ देखि ८ सम्मका विद्यार्थीलाई ४५–४५ मिनेटका दुई सेसन गरी दिनमा ९० मिनेट र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई आधा घण्टादेखि ४५ मिनेटका चार सेसन पढाउन सकिनेछ ।


अमेरिकाका विभिन्न राज्यले पनि अनलाइन कक्षालाई व्यवस्थित पार्दै निर्देशिका जारी गरेको छ । जसअनुसार प्ले ग्रुपलाई दैनिक ४५ मिनेट, १–२ कक्षालाई एकडेढ घण्टा, ३–५ कक्षालाई दुई घण्टा, ६–८ लाई अढाई घण्टा, ८–१० कक्षालाई तीन घण्टा मात्र अनलाइनमार्फत पढाउन भनिएको छ ।

तसर्थ विद्यालयले पनि अनलाइन कक्षाहरु सञ्चालन गर्दा समय व्यवस्थापनमा विशेष ध्यान दिनुपर्दछ । विद्यालयले अनलाइनको लागि उपलब्ध गरेको समय बाहेक बालबालकिाहरुलाई धेरै समयसम्म मोबाइल, ल्यापटप र कम्प्युटरको स्क्रीन अगाडी राख्नु स्वास्थ्यको लागि हानिकारक रहेको छ । यो कुरा अभिभावकले निगरानी गर्नुपर्दछ ।

कम्प्युटर, मोबाईल र ल्यावटपमा निरन्तर पढिरहँदा वा बस्दा आँखा सुख्खा हुने, चिलाउने तथा एलर्जि हुने, टाउको दुख्ने, निन्द्रा नपर्ने र थकान बढ्ने असर देखापर्छन् । अभिभावकहरुले विशेष गरी अनलाइन कक्षाहरु निगरानी र निरीक्षण गर्नुपर्दछ । अभिभावकले समय समयमा शिक्षकसँग नियमित सम्पर्क गरेर बालबालिकाले घरमा गर्ने गतिविधिको बारेमा जानकारी गर्नुपर्दछ ।

अनलाइन कक्षाको नाममा बालबालकिाहरुमा डिजिटल लत हुने सम्भावना पनि छ । अभिभावकले आवश्यक परेको समयमा डिजिटल सामग्री उपलब्ध गर्ने र अन्य समयमा नियन्त्रण गर्नुपर्ने देखिन्छ । डिजिटल प्रयोग जथाभावी गर्यो भने साईबर क्राइमहरु पनि हुनसक्छ । अभिभावक र विद्यालय सचेत हुनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *