
नाम: भुमा खड्का
कक्षा : १०
छोरीको जुनि पाएकोमा म गर्व गरु कि घृणा
र गरु त कसरी?
गर्व गरौं भने कुरामा गरौ
र घृणा गरौ भने कुन कुरामा नगरौ
जहाँ गर्व गर्न लाएक कुनै काम छैन
घृणा नगर्ने कुनै बाटो नै रहेन…..
कतै पढेकि न थिए
छोराको आसमा जन्मेकी म छोरी आकाशमा उड्नु हुँदैन
तर यो मन
यो पापी मनलाइ कसरी सम्झाउ कि छोराको कर्तव्य तलाइ सुहाउदैन
छोरा बन्न तलाइ यो समाजले दिदैन
आफ्नो जात नफेरी बस्न तेरो संस्कारले दिदैन…..
सबैको ज्यान जोगाउने ती डाक्टर
अनि सानी नाबालिकेलाइ त छाडेनन् ती पापीले
दाइजो ल्याइने भन्दै
श्रीमतीको हत्या गरे उनकै स्वामिले
म त विश्वास को भरमा अडिएकी थिए
तर मलाइ क थाहा आमा यो त सतीले सरापेको युग जो रहेछ….
म त्यही छोरी न हु
जो छोरा भएन भनी गर्व मै मारिन्छु
उही अछुत न हु
जो रजस्वलामा अपवित्र मानी छुट्टै राखिन्छु
यि सबै कुराहरू कसलाई गएर सोधु म
कहिल्यै हुन्छु अपवित्र कहिल्यै हुन्छु देवी म….
मलाई काडा होइन त्यो गुलाफको फुल बन्न देउ
पिंजडामा होइन मलाइ स्वतन्त्र भइ आकाशमा उड्न देउ
जसले भन्छन् छोरी छोरा हुन सक्दैनन् त्यो कथनलाई झुट्ल्याउने छु
समाजको अघि छोराछोरी दुवैको कर्तव्य पुरा गरि देखाउने छु।।
Leave a Reply