All the online classes are running smoothly. Contact your class teachers for more details.

082-521227

gsstulsipur@gmail.com

Tulsipur-06

Dang-Nepal

07:30 - 19:00

Sunday to Friday

123 456 789

info@example.com

Goldsmith Hall

New York, NY 90210

07:30 - 19:00

Monday to Friday

The child has one intuitive aim: self development

सिकाईमा नयाँ फड्को एम–लर्निङ

कुनै समय थियो विद्यालयको कालोपाटीमा खरीले लेखेर सिक्ने र सिकाउने चलन थियो । विद्यार्थीहरुको हातमा किताब, पाटी र खरी हुन्थ्यो । खरी र पाटी शैक्षिक सामग्रीको रुपमा प्रयोग गरिन्थ्यो । सिकाईको स्रोत नै शिक्षक हुन्थ्यो । सिक्ने र सिकाउने भन्ने बित्तिकै कक्षाकोठा, शिक्षक र विद्यार्थी मानसपाटलमा आउथ्यो । सिकाई विद्यालयभित्र मात्र सिमित थियो । तर समयको परिवर्तनसगै विस्तारै विद्यार्थीको हातमा किताब, कापी र कलम प्रयोगमा आउन थाल्यो ।

सिकाईमा केही सहजता भएको छ । अहिले विश्वमा सुचना तथा सञ्चार प्रविधिको विकासले ठुलो फड्को मारेको छ । सुचना तथा सञ्चार विकासको प्रभावले शिक्षण सिकाईक्रियाकलापमा पनि ठुलो प्रभाव पारेको छ । हाम्रो परम्परागत शिक्षण प्रणाली आधुनिक शिक्षण प्रणालीमा रुपान्तरण भएको छ ।

विश्वका विकसित देशहरुले आधुनिक शिक्षण पद्धतिको अभ्यास गरेको धेरै लामो भईसकेको छ । नेपालका शैक्षिक संस्थाहरुले पनि विस्तारै आधुनिक शिक्षण पद्धतिको प्रयोग गर्दैछन् । आधुनिक शिक्षण पद्धतिको विकासको क्रममा इ–लर्निङ अथवा अनलाइन लर्निङको अवधारणा शुरु भयो । नेपालमा पनि इ–लर्निङको शुरुवाट भइसकेको छ । अहिले इ–लर्निङलाई प्रभावकारी बनाउन एम–लर्निङको शुरुवाट भएको छ । लकडाउनको कारणले शैक्षिक संस्थाहरु बन्द भएको अवस्थामा एम–लर्निङको महत्व र सान्दर्भिकता अझै बढेको छ ।

आज विश्वमा मानिसहरु कोरोना महामारीको डर र त्रासले बन्द कोठाभित्र बस्न बाध्य छन् । देशका सम्पुर्ण क्षेत्र बन्द छन् । शैक्षिक संस्थाहरु बन्द छन् । वैशाषदेखि शुरु हुने शैक्षिक सत्र अझै शुरु हुन सकेको छैन् । कहिलेदेखि शैक्षिक सत्र शुरु हुने हो अझै अनिश्चित छ । शिक्षक, विद्यार्थी र अभिभावकको चासो नै कहिलेदेखि लकडाउन तथा विद्यालय खुल्ने हो भन्ने छ । लकडाउन अझै लामो समयसम्म लम्बिने हो भने विद्यालयले कसरी विद्यार्थीहरुलाई पठापाठन गर्ने हो ? प्रश्न चिन्ह खडा भएको छ ।

विद्यार्थीहरुको पठनपाठनलाई निरन्तरता दिन वैकल्पिक उपायहरुको खोजी पनि भईरहेको छ । परम्परागत शिक्षण पद्धतिमा अभ्यासत शैक्षिक संस्थाहरु आधुनिक शिक्षण पद्धति अर्थात इ–लर्निङमा जानैपर्ने बाध्यात्मक परिस्थितिको सृजना भएको छ । अहिलेको वैकल्पिक उपाय पनि इ–लर्निङ नै हो ।

मोबाईलमा स्टोर गरेका कक्षागत र विषयगत पाठहरु अध्ययन अध्यापन गर्न सकिन्छ ।

हामी कहिलेसम्म परम्परागत शिक्षण पद्धतिमा नै रुमल्लिरहने हो ? विद्यालयको भौगलिक अवस्था, क्षेत्र, इन्टरनेटको पहुँच, विद्यार्थी र अभिभावकको अवस्थालाई हेरेर शिक्षण सिकाईका वैकल्पिक उपायहरु खोज्न र लागु गर्नसक्छौ । लकडाउनले सबैलाई शैक्षणिक विधिहरु रुपान्तरण गर्ने अवसर प्राप्त भएको छ । तसर्थ विद्यालयहरुले इ–लर्निङको शुरुवाट गर्न जरुरी छ ।

सुरुवाट त गरौं । कोशिस गरौं । शुरुवाट नै नगरेर टिकाटिप्पनी गर्नु समय सान्दर्भिक होईन । इ–लर्निङ सम्भव छैन भने के सम्भव छ ? समाधान र उपाय पनि त दिनुपर्यो । विद्यालय, अभिभावक र विद्यार्थी प्रविधिमैत्री हुनुपर्दछ भन्ने सन्देश लकडाउनले दिएको छ । हामी असहज परिस्थितिलाई सहज बनाउने हो ।

मोबाईल उपकरणको माध्यमबाट शिक्षक र विद्यार्थीले वेबपेज हेर्न सक्छन् । अडियो सुन्न सक्छन् ।

चुनौतिको समाधान गर्ने हो । जहाँ समस्या हुन्छ त्यहाँ उपाय पनि हुन्छ । समस्यालाई समस्याकै रुपमा मात्र लिने हो त्यो समस्याको समाधान कहिले पनि हुँदैन । हामी परिस्थिति अनुसार चल्नैपर्ने छ । हिजो मोबाइल दुरुपयोगको कारणले विद्यार्थीहरुको पढाईमा असर परेको होला । विद्यालयले मोबाइल निषेध गरेको होला ।

विद्यालयले मोबाइलको सदुपयोग कसरी गर्ने भन्ने सिकाउन सकेन होला तर आज परिस्थितिले सिकाउनुपर्ने बाध्यता भएको छ । चलाउनुपर्ने आवश्यक भएको छ । यसको अर्थ हिजोका दिनमा हामीले गलत गरेका रहेछौ भन्ने होईन । हिजोको परिस्थिति फरक थियो तर आजको परिस्थिति फरक छ । हामी परिस्थिति अनुसार चल्नैपर्ने छ ।

अहिले शिक्षा क्षेत्रमा एडुटेन्मेन्टको कुरा पनि आईरहेको छ जसलाई शिक्षा र मनोरञ्जन भनिन्छ । मोबाइल लर्निङबाट विद्यार्थीले शिक्षा र मनोरञ्जन दुबै प्राप्त गर्न सक्छन् । दि फ्युचर अफ लर्निङ फ्रम इ–लर्निङ टु एम–लर्निङका लेखक डी किगनले पर्सनल डिजिटल असिस्टेन्ट (पीडिए), हाते कम्प्युटर, स्मार्टफोन तथा मोबाईल फोनको माध्यमबाट शिक्षा लिने र दिने तथा तालिमको प्रबन्धलाई मोबाईल लर्निङको संज्ञा दिएका छन् ।

मोबाईल लर्निङको अवधारणाभित्र एक ठाउँबाट अर्को ठाउँमा सजिलैसँग लैजान मिल्ने हाते कम्प्युटर (ल्यापटप), एमपी थ्री, एमपी फोर प्लेएर, नोटबुक, पीडिए, स्मार्टफोन तथा मोबाईल फोन जस्ता विद्युतीय उपकरणहरु पर्दछन् ।
एम–लर्निङको मुख्य विशेषता जहाँसुकैबाट र जहिले पनि सिक्न सकिन्छ ।

शैक्षिक सामग्रीसँग सम्बन्धित एप्सहरु डाउनलोड गरेर जुनसुकैबेला पनि अध्ययन गर्न सकिन्छ ।

मोबाईलमा स्टोर गरेका कक्षागत र विषयगत पाठहरु अध्ययन अध्यापन गर्न सकिन्छ । विद्यार्थीहरुले आफुसँग भएका शैक्षिक सामग्री इन्टरनेट र ब्लुटुथको माध्यमबाट एकअर्कालाई शेयर गर्न सक्छन् । किताब र नोट कपीहरुको भारीबाट मुक्त हुन्छन् । मोबाइलमा भएको क्यामराको माध्यमले विषयवस्तुसँग सम्बन्धित तस्वीर खिच्नुका साथै भिडियोहरु रेकर्ड गरेर फुसर्दको समयमा अध्ययन गर्न सक्छन् ।

मोबाईल उपकरणको माध्यमबाट शिक्षक र विद्यार्थीले वेबपेज हेर्न सक्छन् । अडियो सुन्न सक्छन् । भिडियो ट्युटोरियल हेर्ने हुन सक्छन् । शिक्षक र विद्यार्थी बीच एकआपसमा अन्तरक्रिया गर्न सक्छन् । विद्यार्थीले अभ्यास गर्न सक्छन् । विद्यार्थीले सुनेर, देखेर, गरेर, पढेर र लेखेर सिक्न सक्छन् ।

मोबाईलमा सिकाईका सबै सुविधाहरु उपलब्ध हुन्छन् । एनिमेशनको माध्यमबाट विषयगत पाठहरु सजिलै अध्ययन गर्न सकिन्छ । विद्यार्थीले आफुलाई आवश्यक पर्ने शैक्षिक सामग्रीहरु डाउनलोड गर्न सक्छन् । मोबाइल लर्निङ घर, खेत, क्यान्टिन, गाडी, चउरमा पनि गर्न सकिन्छ । मोबाइल लर्निङ दुर शिक्षाको लागि अत्यन्त प्रभावकारी माध्यम हो । अहिले विभिन्न मोबाईल कम्पनीहरुले विद्यार्थीलाई लक्षित गरेर मोबाईलमा नै शैक्षिक सामग्रीहरु राखेका छन् ।

शैक्षिक सामग्रीसँग सम्बन्धित एप्सहरु डाउनलोड गरेर जुनसुकैबेला पनि अध्ययन गर्न सकिन्छ । हाम्रो जस्तो कठिन भौगलिक अवस्था र भरपर्दो विद्युत उपलब्ध नभएको ठाउँमा मोबाईल लर्निङ प्रभावकारी हुन सक्छ । उर्जा कम लाग्ने, एकठाउँबाट अर्को ठाउँमा सजिलै ओसारपसार गर्न सकिने तथा सहजै इन्टरनेट सेवा उपयोग गर्न सकिने भएकोले पनि मोबाइल लर्निङको महत्व धेरै छ ।

तसर्थ मोबाईल लर्निङको माध्यमबाट स्तरीय शिक्षा प्रदान गर्न सकिन्छ । विद्यार्थीले एम–लर्निङ गर्दै गर्दा अभिभावकले पनि मोनिटरिङ गर्नुपर्दछ । अभिभावकले पनि घरमा शिक्षकको भुमिका निर्वाह गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *