१.० अर्थः
ICT भन्नाले Information and Communication Technology भन्ने बुझिन्छ । ICT को माध्यमबाट एक आपसमा सूचना, भावना, ज्ञान सीपहरुको आदानप्रदान (Sharing) गर्ने बुझिन्छ । ICT विद्यालयमा प्रयोग गरि पठन पाठन अगाडि बढाउनुलाई नै सजिलो भाषामा अनलाइन कक्षा भनेर वुझ्नुपर्दछ ।
विद्यालयस्तरमा हाम्रो पठनपाठनहरु हालसम्म Face to Face अर्थात कक्षाकोठाभित्रको क्रियाकलाप (आवाज , तस्वीर , अक्षर, अंक तथा हाउभाऊ र गृहकार्य) बाट भइरहेका थिए । तर कोभिडको प्रकोपले खास गरी विद्यालयहरुलाई पठन पाठन अव कसरी गर्ने भनि प्रश्न उठेकोले यस बारेमा बृहत छलफल,अनुभव आदान प्रदान हुनु अन्यथा होइन ।
अनलाईन कक्षामा पनि प्राविधिक उपकरण (कम्प्युटर र स्मार्ट फोन ) को माध्यमबाट आवाज हाउभाऊ, अक्षर , फोटो, भिडियो क्लिप्स, अंक, गृहकार्य र कक्षाकार्य, विद्यार्थी र शिक्षक वीचमा मज्जाले आदानप्रदान गर्न सकिन्छ र फरक यति मात्र हो शिक्षकले विद्यार्थीलाई भौतिक रुपमा स्पर्श मात्र गर्न नपाउने हो । बरु अनलाईन कक्षाहरु बढी व्यवस्थित, संगठित र स्रोतयुक्त हुने गर्दछ ।
२.० विद्यार्थीको पहुँच:
अहिले टड्कारो देखिएको प्रश्न के हो भने के सबै विद्यार्थीहरुको यसमा पहुँच छ त ? यो महत्वपूर्ण प्रश्न हो । एउटा अध्ययनले देखाएको छ भने Data / Wifi नभएको संख्या केवल १२ प्रतिशत मात्र हो । इन्टरनेटको अलि कमजोर क्षमता भएको ४० प्रतिशत हो । यसको अर्थ करीब करीब ६० प्रतिशत विद्यार्थीहरुको पहुँच इन्टरनेटमा छ ।
यो पनि अति राम्रो अवस्था मान्न सकिन्छ । अनलाइनको कक्षामा रेकर्डको सुविधा पनि हुने हुँदा विद्यार्थीले फुर्सदको समयमा पनि यसको प्रयोग गर्न सक्छन् । करिब ८० प्रतिशत विद्यार्थीहरु सहरी इलाकामा अनलाइनको पहुँचमा छन् र आउन सक्छन् । आर्थिक रुपमा पहुँचको कुरा गर्दा प्रतिदिन २ घण्टा कक्षा चलाउदा महिनामा २५ जिवि डाटा चाहिन्छ र यसलाई छुटमा किन्दा ७ सय रुपैया पर्न आउँछ ।
यो वाईफाई नभएकाहरुको लागि हो । दुई जना विद्यार्थीले शेयर गरि एउटा मात्रै मोबाईल या कम्प्युटरबाट चलाउँदा लाग्ने खर्च खाजा खर्च या यातायात खर्च जति पनि आउँदैन । तर विपन्न वर्ग र दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच असम्भव जस्तै हो । इन्टरनेटको पहुँच भएपनि प्रयोग गर्ने मोबाईल या कम्प्युटरका साथै यसमा लाग्ने खर्च पनि अभिभावकले व्यहोर्न सक्दैनन् ।
३.० प्रविधिमैत्रीः
केही समय पहिले घरघरमा इन्टरनेट र हातहातमा मोबाइल भन्ने नारालाई मान्छेले विश्वासै गरेका थिएनन् । हामीमध्ये धेरैजना फोन, इन्टरनेट र सामाजिक सञ्जाल चलाउन लागेको भर्खरै हो । कतिपय त अझै प्रविधिमैत्री भएको छैनन् होला तर धेरैजसो फोन, सामाजिक सञ्जाल र इन्टरनेट विनाको जीवन कल्पना गर्न नसक्ने खालका छन् । अनलाइन कक्षा चलाउन अहिले सबभन्दा ठूलो बाधक भनेको स्कूल चलाउने नेतृत्व, शिक्षक र विद्यार्थीहरु हुन ।
यो नयाँ प्रविधि भएको हुनाले सबै अनलाइन कक्षा प्रविधि मैत्री छैनन् तर यसको सम्भावना नै छैन जसरी विरोध गर्नु पनि जायज हैन । सृजनाका धनी मानव जातिले हरेक कुरामा सम्भावना देख्नुपर्दछ । १२ घण्टा सामाजिक सञ्जालमा झुण्डिएका शिक्षक तथा विद्यार्थीहरुले नै यो सम्भव छैन भनी विरोध गरिरहेको देख्छु र सुन्छु, यसले उदेक लगाउँछ । विद्यालय प्रशासनले विस्तारै शिक्षक, अभिभावक र विद्यार्थीलाई अभ्यस्त बनाउदै लानुपर्दछ । भोलि गएर प्रविधिमैत्रि भएपछि आफै सजिलो महसुस गर्नेछ ।
४.० शैक्षिक कार्यतालिका:
यसरी हेर्दा सिकाई क्रियाकलापलाई अगाडि बढाउनका लागि अनलाईन कक्षा प्रभावकारी मानिन्छ । यसको पठनपाठन प्रक्रिया सस्तो छ र नयाँ पुस्ताले यसलाई अंगाल्नै पर्ने भएकाले विद्यालयहरुमा यो कोभिडको बेला मात्रै होइन त्यो पछि पनि प्रभावकारी ढँगले सञ्चालन हुनेछ । विकसित राष्ट्रमा भइरहेको पनि छ ।
अब हाम्रो अगाडी महामारी छ तर डराउने, आत्तिएर समस्या समाधान पनि हुने होइन, भएका सुविधाहरुलाई उपभोग गर्दै जाने र थप्दै जाने स्थानीय र केन्द्रीय सरकारले बजेटहरु इन्टरनेटमा पहुच बढाउन तिर लाग्नुपर्छ । अहिले पनि धेरै प्रतिशत मानिसहरु फोन, विजुली र सफा पानीको पहुँचमा छैनन् । त्यसकारण सम्भव भएसम्म विद्यालयमा सूचना प्रविधिको प्रयोग गरौ । सरकारले पहुच नभएकालाई आधार मानेर शैक्षिक क्यालेण्डर निर्धारण गरेपछि पहुच भएका नभएका दुवैलाई न्याय हुने देखिन्छ
Leave a Reply